October 24, 2009
२०५६ सालको भाइटिकाको त्यो दिन । म दक्षिण अफि्काबाट सहकर्मी बिन्दा पाण्डेसंगै फर्किदै थिएं । हाम्रो टिकेटिङ्ग सुखले नै गरेको थियो र हामीले उसको बारेमा लामै कुरा गरेका थियौं । जहाजबाट ओर्लनासाथ जिफन्टका तत्कालिन कोषाध्यक्ष विनोद जी, हामीलाई स्वागत गर्न आउनु भएको थियो । हालखवर के छ भन्ने हाम्रो प्रश्नको उहाँले ‘आज सुख वित्यो पार्थिव शरीर घरमा छ उतै पहिले जाअौ’ भनेर जवाफ दिनु भएको थियो ।
सुख मेरो स्कूले साथी हो । त्रिशूलीको हाइस्कूलमा हामीले संगै पढ्यौ र कलेजको समयमा हाम्रा विषय फरक-फरक भए पनि हामी संगै बस्यौं । मेरो डेरा सुखको पुूपुको घरमा थियो उ भने आपुनै घर हुदाहुँदै पनि हाम्रो डेरा भएकै घरमा हामी संगै बस्थ्यो । हाम्रो यही दोस्तानाका कारण उ मेरो परिवारसंग परिचित थियो र म उसको । म सुखका आफन्तहरुलाई उसले जे सम्बोधन गथ्र्यो त्यही सम्बोधन गर्थें यसरी म सानो छँदा देखि नै आदरणीय धर्मरत्न मेरालागि बुबा हुनु भयो भने सुखको आमा आमा ।
२०६३ सालको दशै नकारात्मक रुपमा मेरो लागि अविस्मरणीय हुन पुग्यो । मलाई धर्मरत्न बा तथा आमाले एक हप्ता अगाडिदेखि नै भेटको लागि बोलाउनु भएको थियो ‘एक चोटी आऊ न सल्लाह पनि छ नियास्रो पनि लागि रहेको छ ‘ मैलै सदा झैं ”हुन्छ” भने तर यस्तो ”हुन्छ” धेरै चोटी भनेर पनि मैले आफ्ननो बोली पुरा गर्न सकेको थिइन । खास गरी सुखको असामयिक निधन पछि ‘मसंगको भेटले कतै सुखको संझना आई उहाँहरुलाई थप पीडा हुने त हैन” भन्ने सोचले गर्दा मलाई उहाँहरुसंग फोनमा कुरा गर्न समेत असाध्यै हिचकिचाहट हुने गरेको थियो । फेरी म आपुनै सुसेधन्दाको कारण हतपत समय निकाल्नै नसक्ने भएकोले पनि पटक-पटक ढाँटेको जस्तो पो हुने हो भन्ने चिन्ता पनि छँदै थियो । त्यसैले यसपटक भने जसरी पनि जानु पर्ला भन्ने निश्चय मैले गरेको थिएं र झण्डै हप्ता दश दिन देखि भेटघाट गर्ने योजनामा थिए । Read the rest of this entry »
Leave a Comment » |
My Article |
Permalink
Posted by bishnurimal
September 2, 2009
One of the famous climbers in Nepal sadly explains after his record breaking summit; the Mt. Everest owns No snow at all in its top- it is now grey!!
Some days back I saw news at broad sheet national dailies that hundreds of kgs garbage has been collected from Mt. Everest area. Similar story we are witnessing the day by day.
Last year in winter Kathmandu saw snow fall; many people said it was happened after more than 6 decades!
Some 32 years back I entered to Kathmandu valley for education; I rejoiced and thrived while drinking tap-water in Kathmandu’s artistic Dhunge Dharas, (the stone carved tap)! Read the rest of this entry »
Leave a Comment » |
Speech |
Permalink
Posted by bishnurimal
August 22, 2009
‘महिलाहरु आपुना संपूर्ण अधिकारहरु मानव अधिकारको रुपमा मागिरहेका छन् । उनीहरु महिला एउटा समूहको रुपमा र पुरुष अर्को समूहको रुपमा बीच विद्यमान समाजले गरेको असमान व्यवहारु लाई चुनौति दिइरहेका छन्। र महिलालाई दासीको रुपमा दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गर्ने सबै प्रकारका कानून एवं शक्ति संरचनाको विरुद्ध विद्रोह गरिरहेका छन्।’
यसरी पछिल्ला वर्षहरुमा महिलावादी आन्दोलन तथा महिलावादी विद्वानहरुले महिलावादको सिद्धान्त प्रचारमा ल्याएका छन् जनु आफैं विभिन्न ‘शाखा-प्रशाखा’को रुपमा विभाजित छ । यस्ता भिन्न सिद्धान्तहरु महिला सम्बन्धि अध्ययन-लैंगिक अध्ययन जस्ता उच्च शिक्षाका पाठ्यक्रमहरुमा पनि सामेल गएिको छ । अरुहरुले जस्तै यहांँ पनि आºनो अनुकुलता अनुरुपको महिलावादको परिभाषा र प्रकार चर्चा गरिएको छ तिनीहरु केही ‘सैद्धान्तिक’ र केही चलनचल्तीका व्यवहारका आधारमा उल्लेख गरिएको छ । Read the rest of this entry »
1 Comment |
My Article |
Permalink
Posted by bishnurimal
August 19, 2009
‘म कुनैपनि रंगको कपडाको पुजक होइन । तथापी म रातो झण्डा मन पराउँछु । र म लगायत अरु समाजवादीहरुका लागि यो जे कुराको प्रतीक बनेको छ त्यसलाई मन पराउँछु । मेरो अध्ययनकक्षमा रातो झण्डा झुयिडएकै छ र यदी म सक्दो हुँ त खुसीका साथ यही झण्डा बोकेर ‘टाइम्स’को कार्यालय अगाडि सबै रिपोर्टस्र् र फोटोग्राफरले देख्ने गरी मार्च गर्ने थिएँ ।’
अग्निशिखाले यो उद्धरण सुनाउँदै भन्नु भयो यो अंकको श्रमिक खवरमा हेलेन किलरको बारेमा लेखे के होला मैले सोधे हेलेन किलर को हुन्? ‘हेलन किलर तिनै हुन्- जसले आँखा नदेख्ने भएता पनि श्रमजीवी आन्दोलनलाई कलमको माध्यमबाट बल पुर् याएकी थिईन्!’ Read the rest of this entry »
Leave a Comment » |
My Article |
Permalink
Posted by bishnurimal
August 10, 2009
20 years back on 20th July (1989) we launched GEFONT as the first trade union confederation. I was then, the founding Secretary General. We marked 20th founding anniversary this year amidst a grand ceremony. As the President, I made a closing remark. Following is the full text:
Republicanism, which we used to talk as a long-term dream, has become a reality
“It was a rainy day in July 20 years ago. In the face of extreme oppression of the then autocratic regime, we had gathered in a secret location in Lagan, quietly and taking every care to protect us from the evil eyes of the reactionary State, to declare the start of a coordinating mechanism of trade unions in Nepal. To respond to the pressing need in this respect, we have established GEFONT.” A decade ago, our immediate past President Comrade Mukunda had thus remembered the day of July, the 20th of July, while commemorating the 10th anniversary of GEFONT. Today, we have gathered to commemorate its 20th anniversary, hence, in a way, to remember the historic day.
Between then and now the gist of the problems facing us remains the same, so is the set of our demands. The time has, however, taken a new turn. Autocratic monarchy has become history now, and republicanism, which we used to talk as a long-term dream, has become a reality. Read the rest of this entry »
Leave a Comment » |
My speechs and addresses |
Permalink
Posted by bishnurimal
July 21, 2009
हाम्रा चेतना र आपसमा जेलिएको रुपान्तरणको अजेन्डा सतहमा कतै वोधगम्य रुपमा त कतै अन्तरविरोधी रुपमा प्रकट भएको छ । परम्परागत रुपमा भन्ने गरिएको वर्गसंघर्ष र सामाजिक रुपान्तरणको अघिल्तीर “सामाजिक उत्पीडन” प्रमुख की “वर्गीय शोषण” या भनौ “पहिचान” प्रमुख की “समानता” भन्ने यक्ष प्रश्न खडा हुन पुगेको छ ।
“त्यो साउने झरीको दिन, तत्कालिन तानाशाही व्यवस्थाको कठोर दमन वीच विरालोको चालमा काठमाडौं लगनको गोप्य स्थानमा … प्रतिकि्रयावादी सत्ताको चोर आँखालाई छल्दै हामी जम्मा भयौं र घोषणा गर्यौ- अव नेपालमा ट्रेड यूनियनहरुको समन्वयकारी संयन्त्रको सूत्रपात भएको छ । वर्षैंदेखि खट्किरहेको अभाव पूर्ती गर्न हामीले जिफन्ट बनाएका छौं । …”आज भन्दा १० वर्ष अघि दशौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष कमरेड मुकुन्दले आज भन्दा २० वर्ष अघिको त्यो दिन अर्थात जुलाई २० लाई स्मरणगर्नु भएको थियो । आज हामीहरु फेरी त्यसै गरी आपुनो वार्षिकोत्सव मनाएका छौं।
२० वर्ष पहिले र अहिले हाम्रा समस्या र मागको सार उस्तै रहेतापनि समयले कोल्टे फेरेको छ । निरङ्कुश राजतन्त्र ईतिहास बनेको छ र सुदूर सपना ठानिएको गणतन्त्र सम्भव भएको छ । Read the rest of this entry »
Leave a Comment » |
Political event |
Permalink
Posted by bishnurimal
July 17, 2009
हाम्रो समाज तहगतमात्र छैन वर्गीय रुपमा विभाजित छ । श्रमजीवी वर्गको प्रतिनिधिमूलक संस्थाहरु दल- दलमा विभाजित छन् । त्यस्तै दल-दलमा फसेका पूँजी लगानीकर्ताको अर्को वर्ग छ । हाम्रो संविधान सभालाई िसंहावलोकन गर्यौं मात्र भने पनि यो दृष्य तपाई हाम्रो सामू छर्लंग हुन्छ । यस्तो अवस्थामा श्रमको संसारमा यी दुई पक्षको टकरावमा सिर्जना हुने द्वन्द्वलाई मध्यस्थता कसले गर्ला?
सम्माननीय अध्यक्ष ज्यू
१।सर्वप्रथम समितिले समयसीमा भित्रै प्रतिवेदनको प्रारम्भिक मस्यौदा तयार पारेकोमा अध्यक्ष ज्यू मार्फत िस¨ाे समितिलाई धन्यवाद ज्ञापन गर्दछु । प्रतिवेदनले समेटेका असल पक्षहरुको समर्थन गर्दै मलाई लागेका र परिमार्जन गर्नु पर्ने विषयको वारेमा सङ्क्षिप्त टिप्पणी गर्ने अनुमति चाहन्छु। Read the rest of this entry »
Leave a Comment » |
My Article |
Permalink
Posted by bishnurimal
May 20, 2009
“नारायणघाटको अस्पतालमा हामी पुग्दा अमर लामा वेडमा पल्टिरहेका थिए। हामीलाई देख्ना साथ भावावेगमा आउने छन् र आपु दुर्घटनाको कारक बनेकोमा दुख मनाउ गर्दै रुने छन्ु भन्ने मेरो अपेक्षा थियो । ‘यो के भयो अमर तिमीलाई कस्तो छ’ मैले सोधेँ । हुनेहुनामी त भइसकेको थियो त्यसले पुर्याउने अकल्पनीय क्षती त हामीले भोग्नु नै थियो । पार्टी कै कार्यकर्ता भएकोले म उ प्रति पनि सहानुभूती प्रकट गर्दै थिएँ । तर मेरो अपेक्षा विपरित हामीले बोलाउँदा पनि उनी बोलेनन् अर्को तिर फर्किए ।”
मे १ मा फिलिपिन्सको ट्रेड यूनियन केन्द्र- किलसाङ्ग मायो उनोले आयोजना गरेको नवौं अन्तर्राष्ट्रिय ऐक्यवद्धमग लिन जानु अघि म कमरेड मदन भण्डारीको टोली लाई विदाई गर्न अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेको थिएँ । यो भन्दा अघि र त्यसपछि आजसम्म प्रायः म अन्य कुनै पनि नेताहरुलाई स्वागत र विदाई गर्न एयरपोर्ट पुगेको छैन । थाहा छैन त्यो दिन किन म एयरपोर्ट पुगें । अलि असजिलो मानी कमरेड मदन भण्डारीको नेतृत्वमा चीन जान लागेको प्रतिनिधि मण्डललाई मैले परबाटै हात हल्लाएँ। मेरो यात्रा झण्डै ३ हप्ता थियो । भ्रमणका क्रममा ट्रेड यूनियनका नेताहरुको अतिरिक्त तत्कालिन समयमा सशस्त्र युद्धमा चर्चित तर विभाजनको संघारमा पुगेको फिलिपिनो कम्युनिस्ट पार्टीका नेताहरु र नयाँ जनसेनाका कमाण्डरहरुसंगको भेटघाट बारे कमरेड मदनलाई रिपोर्टि गर्नुपर्ने विषयहरु म संग थिए । ह¨क¨ हुँदै काठमाडौं फर्कने क्रममा फिलिपिनो कम्युनिस्ट पार्टीका एशिया¬¬प्रशान्त क्षेत्र हेर्ने नेताको नेपाल भ्रमणको विषय र उताबाट कमरेड मदनलाई पठाईएका केही पुस्तक÷दस्तावेजहरु पनि मसंग थिए । Read the rest of this entry »
2 Comments |
My Article |
Permalink
Posted by bishnurimal
May 4, 2009
Following is an inaugural Speech I delivered at leadership handover Ceremony April 30, 2009. I have been entrusted at this post after 20 years of founding of GEFONT
In 2009, our journey as GEFONT will cross two decades. We have come this far facing numerous ups and downs and fighting oppression of the absolute monarchy. I would like to remember all those who have played a crucial role in establishing and leading GEFONT to this point, and highly acknowledge their contribution.
In this period, two people’s movements were launched for the restoration of democracy. In each, we were able to make some sacrifices, to offer our blood and sweat. Such auspicious moments rarely occur in history. In this sense, we should be proud of ourselves. Read the rest of this entry »
Leave a Comment » |
My Article |
Permalink
Posted by bishnurimal
May 4, 2009
जिफन्ट गठनको २० वर्ष पछि म अध्यक्ष हुन पुगेँ । अपि्रल ३० तारिखमा मैले सपथ ग्रहण गरे । त्यस अवसरमा दिइएको प्रतिबद्धता मन्तव्य यस प्रकार छः
वर्ष २००९ बाट जिफन्टको रुपमा हाम्रो यात्राले दुई दशक पूरा गर्दैछ । निरङ्कुश राजतन्त्रको दमनलाई छेल्दै र झेल्दै हामी यहाँ आइपुगेका हौं । फेरि एकपटक महासंघको स्थापनामा महŒवपूर्ण योगदान पुर् याउनु हुने सबैलाई एक पटक स्मरण गर्दछु ।
यो अबधिमा लोकतन्त्र बहालीका लागि भएका दुई वटा जन-आन्दोलनमा थोरै नै सही रगतको बलिदान र पसिनाको योगदान गर्ने मौका हामीले पायौं । यस्तो सुयोग इतिहासमा कमैलाई मिल्छ । यस सन्दर्भमा हामी आपुूलाई भाग्यमानी ठान्छौँ ।
इतिहासले नै बयान देला हाम्रो भूमिकाले श्रमजीवी जनतालाई जगाउन र परिवर्तनको महामार्गमा राष्ट्रलाई डोर् याउन कति योगदान गर् यो १ तर यत्ति चाहिँ हामी अवश्य भन्छौं श्रमजीवी वर्गको न्यून वा शून्य उपस्थितिमा यो तहको उपलब्धि र परिवर्तन सायदै हुने थियो । यस अर्थमा र आम मजदुर तथा श्रमजीवी वर्गले पत्याएको ट्रेड यूनियनमा संलग्न सदस्यको हैसियतमा पनि हामी आपुूलाई धन्य नै ठान्छौं । Read the rest of this entry »
Leave a Comment » |
My Article |
Permalink
Posted by bishnurimal