“नारायणघाटको अस्पतालमा हामी पुग्दा अमर लामा वेडमा पल्टिरहेका थिए। हामीलाई देख्ना साथ भावावेगमा आउने छन् र आपु दुर्घटनाको कारक बनेकोमा दुख मनाउ गर्दै रुने छन्ु भन्ने मेरो अपेक्षा थियो । ‘यो के भयो अमर तिमीलाई कस्तो छ’ मैले सोधेँ । हुनेहुनामी त भइसकेको थियो त्यसले पुर्याउने अकल्पनीय क्षती त हामीले भोग्नु नै थियो । पार्टी कै कार्यकर्ता भएकोले म उ प्रति पनि सहानुभूती प्रकट गर्दै थिएँ । तर मेरो अपेक्षा विपरित हामीले बोलाउँदा पनि उनी बोलेनन् अर्को तिर फर्किए ।”
मे १ मा फिलिपिन्सको ट्रेड यूनियन केन्द्र- किलसाङ्ग मायो उनोले आयोजना गरेको नवौं अन्तर्राष्ट्रिय ऐक्यवद्धमग लिन जानु अघि म कमरेड मदन भण्डारीको टोली लाई विदाई गर्न अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेको थिएँ । यो भन्दा अघि र त्यसपछि आजसम्म प्रायः म अन्य कुनै पनि नेताहरुलाई स्वागत र विदाई गर्न एयरपोर्ट पुगेको छैन । थाहा छैन त्यो दिन किन म एयरपोर्ट पुगें । अलि असजिलो मानी कमरेड मदन भण्डारीको नेतृत्वमा चीन जान लागेको प्रतिनिधि मण्डललाई मैले परबाटै हात हल्लाएँ। मेरो यात्रा झण्डै ३ हप्ता थियो । भ्रमणका क्रममा ट्रेड यूनियनका नेताहरुको अतिरिक्त तत्कालिन समयमा सशस्त्र युद्धमा चर्चित तर विभाजनको संघारमा पुगेको फिलिपिनो कम्युनिस्ट पार्टीका नेताहरु र नयाँ जनसेनाका कमाण्डरहरुसंगको भेटघाट बारे कमरेड मदनलाई रिपोर्टि गर्नुपर्ने विषयहरु म संग थिए । ह¨क¨ हुँदै काठमाडौं फर्कने क्रममा फिलिपिनो कम्युनिस्ट पार्टीका एशिया¬¬प्रशान्त क्षेत्र हेर्ने नेताको नेपाल भ्रमणको विषय र उताबाट कमरेड मदनलाई पठाईएका केही पुस्तक÷दस्तावेजहरु पनि मसंग थिए । Read the rest of this entry »
Posted by bishnurimal