हाम्रा चेतना र आपसमा जेलिएको रुपान्तरणको अजेन्डा सतहमा कतै वोधगम्य रुपमा त कतै अन्तरविरोधी रुपमा प्रकट भएको छ । परम्परागत रुपमा भन्ने गरिएको वर्गसंघर्ष र सामाजिक रुपान्तरणको अघिल्तीर “सामाजिक उत्पीडन” प्रमुख की “वर्गीय शोषण” या भनौ “पहिचान” प्रमुख की “समानता” भन्ने यक्ष प्रश्न खडा हुन पुगेको छ ।
“त्यो साउने झरीको दिन, तत्कालिन तानाशाही व्यवस्थाको कठोर दमन वीच विरालोको चालमा काठमाडौं लगनको गोप्य स्थानमा … प्रतिकि्रयावादी सत्ताको चोर आँखालाई छल्दै हामी जम्मा भयौं र घोषणा गर्यौ- अव नेपालमा ट्रेड यूनियनहरुको समन्वयकारी संयन्त्रको सूत्रपात भएको छ । वर्षैंदेखि खट्किरहेको अभाव पूर्ती गर्न हामीले जिफन्ट बनाएका छौं । …”आज भन्दा १० वर्ष अघि दशौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष कमरेड मुकुन्दले आज भन्दा २० वर्ष अघिको त्यो दिन अर्थात जुलाई २० लाई स्मरणगर्नु भएको थियो । आज हामीहरु फेरी त्यसै गरी आपुनो वार्षिकोत्सव मनाएका छौं।
२० वर्ष पहिले र अहिले हाम्रा समस्या र मागको सार उस्तै रहेतापनि समयले कोल्टे फेरेको छ । निरङ्कुश राजतन्त्र ईतिहास बनेको छ र सुदूर सपना ठानिएको गणतन्त्र सम्भव भएको छ । Read the rest of this entry »
Posted by bishnurimal
Posted by bishnurimal