‘महिलाहरु आपुना संपूर्ण अधिकारहरु मानव अधिकारको रुपमा मागिरहेका छन् । उनीहरु महिला एउटा समूहको रुपमा र पुरुष अर्को समूहको रुपमा बीच विद्यमान समाजले गरेको असमान व्यवहारु लाई चुनौति दिइरहेका छन्। र महिलालाई दासीको रुपमा दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गर्ने सबै प्रकारका कानून एवं शक्ति संरचनाको विरुद्ध विद्रोह गरिरहेका छन्।’
यसरी पछिल्ला वर्षहरुमा महिलावादी आन्दोलन तथा महिलावादी विद्वानहरुले महिलावादको सिद्धान्त प्रचारमा ल्याएका छन् जनु आफैं विभिन्न ‘शाखा-प्रशाखा’को रुपमा विभाजित छ । यस्ता भिन्न सिद्धान्तहरु महिला सम्बन्धि अध्ययन-लैंगिक अध्ययन जस्ता उच्च शिक्षाका पाठ्यक्रमहरुमा पनि सामेल गएिको छ । अरुहरुले जस्तै यहांँ पनि आºनो अनुकुलता अनुरुपको महिलावादको परिभाषा र प्रकार चर्चा गरिएको छ तिनीहरु केही ‘सैद्धान्तिक’ र केही चलनचल्तीका व्यवहारका आधारमा उल्लेख गरिएको छ । Read the rest of this entry »
Posted by bishnurimal