महिलावाद के हो, कसरी बुभने ?

‘महिलाहरु आपुना संपूर्ण अधिकारहरु मानव अधिकारको रुपमा मागिरहेका छन् । उनीहरु महिला एउटा समूहको रुपमा र पुरुष अर्को समूहको रुपमा बीच विद्यमान समाजले गरेको असमान व्यवहारु लाई चुनौति दिइरहेका छन्। र महिलालाई दासीको रुपमा दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गर्ने सबै प्रकारका कानून एवं शक्ति संरचनाको विरुद्ध विद्रोह गरिरहेका छन्।’

यसरी पछिल्ला वर्षहरुमा महिलावादी आन्दोलन तथा महिलावादी विद्वानहरुले महिलावादको सिद्धान्त प्रचारमा ल्याएका छन् जनु आफैं विभिन्न ‘शाखा-प्रशाखा’को रुपमा विभाजित छ । यस्ता भिन्न सिद्धान्तहरु महिला सम्बन्धि अध्ययन-लैंगिक अध्ययन जस्ता उच्च शिक्षाका पाठ्यक्रमहरुमा पनि सामेल गएिको छ । अरुहरुले जस्तै यहांँ पनि आºनो अनुकुलता अनुरुपको महिलावादको परिभाषा र प्रकार चर्चा गरिएको छ तिनीहरु केही ‘सैद्धान्तिक’ र केही चलनचल्तीका व्यवहारका आधारमा उल्लेख गरिएको छ ।

महिलावादको परिभाषा
महिलावाद भनेको राजनीतिक आर्थिक र सामाजिक रुपमा महिला तथा पुरुष बीच समानता हुनुपर्छ भन्ने सिद्धान्त हो । यो नै सबै महिलावादी सिद्धान्तको गाँठी कुरा हो। यही परिभाषाको कारण कहिले किहं यसलाई ‘मूल महिलावाद कोर फेमिनिजम्’ वा ‘मूल महिलावादी सिद्धान्त कोर फेमिनिस्ट थ्योरी’ समेत भन्ने गरिएको छ ।

अर्को परिभाषामा महिलावाद भनेको पुरुष- आयआर्जन तथा नीतिगत निर्णयका क्षेत्रमा हालीमुहाली गर्ने अधिकारी र महिला- विना ज्याला घरमा परिवारको भरण पोषण तथा स्याहार सुसारका सम्पूर्ण बोझ थेग्ने दासी जस्तो ठान्ने विश्वव्यापी रुपमा विद्यमान श्रम विभाजन प्रणालीलाई चुनौति दिने विचार हो ।

माथि उल्लेखित महिलावादको सिद्धान्तमा विश्वास गर्ने सबै महिलावादी हुन् । यस अर्थमा महिलावाद भनेको नै मानवतावाद हो ।

महिलावादको प्रकार
महिलावाद कति प्रकारका छन् यसको कुनै किटिएको वर्गीकरण पाउन कठिन छ । चलनचल्तीमा रहेका रुपका आधारमा यसलाई निम्नानुसार चर्चा गर्न सकिन्छः

१। अमाजोन महिलावादः यो ग्रीक परम्परा अनुरुपको कला र साहित्यमा उल्लेख गरिएको महिला खेलाडीको उपलव्धी र शारिरिक वनावटका महिला हिरोको छविमा केन्द्रीत छ । यो मूलत महिला-पुरुष वीच शारीरिक समतामा केन्द्रित छ र परम्परागत लैंगिक भूमिका महिलाको स्थान घर भित्र हो पुरुषको काम कमाउने हो को कारणले भइरहेको विभेदको विपक्षमा छ । महिलाहरु अवला असहाय कमजोर हैनन् उनीहरु पुरुष सरह नै शारीरिक रुपमा सक्षम छन् भन्नेमा यसको जोड रहन्छ। 

लैिगंक भिन्नताको कारण यो यो काम गर्ने भन्ने कसैले तोको छैन सबै काम महिला र पुरुषका लागि खुलला छ । शारीरिक रुपमा सक्षम महिला वा पुरुष जे भए पनि चाहे अनुरुपको काम गर्न पाउनु पर्छ।

२। सांस्कृतिक महिलावादः यसले महिला र पुरुष बीचको आधारभूत जैविक भिन्नतामा विश्वास गर्छ । र यही भिन्नताको कारणले महिलाको उच्च ‘स्वागत’ गरिनु पर्छ । महिलावाद को यो धाराले महिलाहरु जन्मदै दयासागर हुन्छन् र पुरुषभन्दा अति भद्र हुन्छन् भन्ने तर्क गर्दछ । व्यक्तित्वमा आधारित सिद्धान्त भएकोले ‘महिलालाई शासन गर्न दिने हो भने विश्वमा युद्ध नै हुन्न’ भन्ने यसको ठहर छ। ‘महिलाको तरीका सबैको लाई लाभदायि तरीका’ यसको नारा नै छ ।

यसले  सामाजिक मान्यतालाई ‘पुरुष मान्यता’ र ‘महिला मान्यता’ गरी दूई भागमा बाँडेको छ । पश्चिामा विश्व पुरुष मान्यता मेल भ्यालु आधारित रहेको यसको ठहर छ । पुरुष मान्यता भनेको एकलकाँटे इन्डीपेन्डेन्ट र तहगत हाइरार्की हुन्छ यसले प्रतिष्पर्धाबाट सबैलाई उछिनेर आºनो दवदवा कायम राख्छ ।

यसको विपरित महिला मान्यता फिमेल भ्यालु भनेको परस्पर आधारित सहयोगी सम्बन्ध समुदाय साझेदारी आनन्द पारस्परिक विश्वास र शान्ति हो । आम रुपमा साँस्कृतिक महिलावादीहरु अराजनीतिक हुन्छन् ।

३।पर्यावरणीय महिलावादः पर्यावरणीय महिलावादले महिलालाई पर्यावरणसंग जोड्छ । आधारभूत रुपमा यो महिलावाद ‘पितृसत्ता र पुरुषको हैकम महिला बालबालिका वातावरण र हरेक जिवात्माको लागि घातक हुन्छ’ भन्ने मान्यतामा अडेको हुन्छ ।

जसरी शक्तिमा रहेका पुरुषहरुले भूमिमाथि नियन्त्रण जमाई आºनो लाभ र प्रगतीको लागि भूमिको उपयोग गर्छन् त्यसै गरि शक्तिमा रहेका पुरुषहरुले महिलामाथि आºनो लाभ सफलता र आनन्दको लागि जंगली शोषण गर्छन् । त्यसैले यसले महिला र पृथ्वी दुवैलाई ध्वस्त पार्छ । 
 
महिलाहरु भने प्रकृतिसंगै रहने र बुभुने भएकोले यसको रक्षाकोलागि उनीहरुमा केन्द्रीय भूमिका हुनु पर्छ । 

४।फेमिनाजीः यो शव्दावली अमेरिकाको रुढीवादी टीभी÷रेडियो संाचालक रस लिम्बाहूले प्रचलनमा ल्याएका हुन् । उनले यो शव्द आपुनो साथी प्रोफेसर टम हाजलेटको खोज हो भनेका छन् । लिम्बाहूको अनुसार यो शव्दको अर्थ ‘महिलावाद विरोधि महिलावादी’हरु जो सकेसम्म ज्यादा गर्भपतनमा विश्वास गर्छन् । यसैले तिनीहरु हिटलर जस्तै ‘नाजी’ हुन् ।
 
५।व्यक्तिगत स्वच्छन्दतावादी लिबरटारियन महिलावादः यो स्वच्छन्दतावादी राजनीतिक विचारधारासंग मेल खाने प्रकार हो जसले सरकार-राज्य-सामाजिक नियम आदिको विरोध गर्छ । यसले स्वच्छन्द व्यक्तिगत स्वतन्त्रताको वकालत गर्दछ र महिला माथिको कुनै पनि प्रकारको वन्देज नकार्छ । यसलाई पनि दुई भागमा वाड्न सकिन्छ-

उग्र र् याडिकल स्वच्छन्दतावादः यसका अनुसार महिलापन र प्रजनन कार्यले समाजमा योगदान गर्ने महिलाको क्षमतालाई सीमित गर्छ । तयसैले प्राकृतिक वा सामाजिक सबै नियमका विरुद्ध रहन पर्छ । महिला िलंगिय रुपमा ूतटस्थू हुनु आवस्यक छ । यहाँ सम्म की सन्तान उत्पादनको नियम पनि फेरिनु पर्छ । यसको तर्क छ- ‘कम समयमा बच्चा पाउन सकिन्छ भने १० महिना सम्म गर्भाधारण गरेर दुःख किन गर्ने’ ?

सांस्कृतिक स्वच्छन्दतावादः उग्र महिलावाद भन्दा साँस्कृतिक महिलावाद नाटकीय रुपमा भिन्न देखिन्छ । यसको दृष्टिकोणमा महिलापन पुरुषपन भन्दा असल कुरा हो । महिलामा निहित पुनर्उत्पादनको काम शक्तिको स्रोत हो । यो विचारका अनुसार िलंगियता वलात्कार दुरुपयोग अस्लिलता र महिला मातहत पर्नुका वीच गहिरो सम्बन्ध छ । तसर्थ यसको अन्त्य हुनुपर्छ ।

७।भौतिक सुविधा आधारित मेटेरियल महिलावादः महिलालाई मुक्त गर्न भौतिक अवस्थामा सुधार गरेर मात्र संभव छ भन्ने मान्यतामा १९ औं शताब्दीबाट यो आन्दोलन शुरु भएको हो । महिलाहरुलाई उनीहरले बहन गर्दै आएको  दोहोरो दायित्व वा वोझ भौतिक सुविधा दिएर मुक्त गर्न सकिन्छ । सिप-तालिम मार्फत आय आर्जन गराएर महिलालाई आत्मनिर्भर गराउने कतिपय सरकारी र गैरसरकारी संस्थाका कामहरुलाई यसै कोटीमा राख्न सकिन्छ ।

७। ‘नम्र’ मोडरेट महिलावादः यो धाराको महिलावाद मूलत युवा तथा प्रत्यक्ष विभेदको अनुभव नभएका महिलाहरुद्वारा प्रचारित गरिएको हो । उनीहरु ठान्छन्- प्रयास गरेमा महिला पुरुष वीच समानता आइ हाल्छ महिलावाद भन्ने विषय कै अन्त्य हुन्छ । उनीहरु महिलावाद भन्ने शब्द महिलालाई नै ‘अप्ठारो’मा पार्ने शव्द हो ।

८।लैंगिक जेण्डर महिलावादः यो धारा मूल रुपमा संयुक्त राज्य अमेरीकाको महिला संगठन- नेसनल अर्गनाइजेसन अफ ओमेनले प्रचारमा ल्याएको हो। यो सिद्धान्त महिला-पुरुष समानताको लागि महिलाहरुलाई विशेषाधिकार दिइनु पर्छ महिलावादमा पुरुषहरु कुनै ‘विषय’ बनाइनु हुंदैन मेन सुड नट वी आयन इसु इन फेमिनिजम भन्ने मान्यतामा आधारित छ ।
 
९। पप-महिलावादः यो महिलावाद आमरुपमा भनिने गरिएकै महिलावाद हो भनेर धेरै मानिसहरु झुकिन्छन्। यस्तो महिलावाद नकारात्मक एवं परम्परागत ‘पुरुषलाई घृणा गर्ने विचार’ हो । यसले हरेक सन्दर्भमा पुरुषलाई नकार्छ र महिलाको बढाइ-चडाइ प्रसंशा गर्छ ।

यदी यस्ता महिलावादी पनि विश्वमा छन् भने उनीहरुले नारा नै लगाउने छन्- ‘हे महान आमा ! तपाइले यी पुरुषहरुलाई किन जन्माउनु भयो ?’
 
१०। उग्र महिलावादः धेरै महिलावादी सिद्धान्त यो सिद्धान्तबाट विकसित भएको हो भन्न सकिन्छ । यो मूलत ‘स्त्रि िलंगिय’ पुर्वाग्रहमा आधारित छ र एक्लै महिला वा महिलाका समूहले आारवाहीबाट समानता प्राप्त गर्न सक्छन् भन्ने ठान्दछ । ‘महिला भएकै कारण किन ‘यो वा त्यो’ काम गर्नु पर्ने ’ र ‘पुरुष भएको कारण पुरुषले आपुूले राजेको काम गर्न पाउने ’ भन्ने प्रश्न यसले गर्छ ।  यसले पूजीवाद लाई सामाजिक उत्पीडनको बाटोमा तगारो ठान्दछ । सबै उग्र महिलावादीहरु यो समाजलाई नउल्टाए सम्म सोचेको लक्ष प्राप्त नहुने कुराम विश्वास राख्छन् ।
 
११। पृथकतावादी सेपर् याटिस्ट महिलावाद ः यो धरालाई यदा बदा गलत तरीकाले ‘समिलंगी’ महिलावादीको रुपमा पनि चित्रित गर्ने गरेको भेटिन्छ । तर त्यसो नभइ यिनीहरु पुरुषबाट महिलालाई अलग्याउनु पर्छ भन्ने मत राख्छन् । महिलाहरुले ूमहिलाका लागि मात्रू भनेर आयोजना गरेको कार्यक्रमलाई हेर्दै धेरैले लख काट्छन्- कतै यिनीहरु पनि ‘पृथकतावादी’ त भएन!
 
यो  धाराको गाँठी कुरा भनेकै आपुूलाई फरक सन्दर्भमा उभ्याउन महिलालाई पुरुषबाट अलग गर्न सक्नु हो । धेरै महिलावादीहरु पृथकतावादी नभएपनि व्यक्तित्व विकासको पहिलो खुट्किलोको रुपपा ‘यस्तो’ कदम आवस्यक ठान्छन् ।

महिलावादको प्रवृत्ति
माथि उल्लेखित विभिन्न ‘शाखा-प्रशाखा’मा विभक्त महिला महिलावादी आन्दोलनलाइ प्रवृत्तिका रुपमा मूलत तीन भागमा बाड्नु उपयुक्त हुन्छ । प्रत्यो प्रवृतिको पहिचान र त्यसको रणनीतिलाई निम्नानुसार चर्चा गर्न सकिन्छः

उग्र महिलावाद: यसले  पितृसत्तालाई मूल समस्या ठान्छ । यसको अर्थ हो- समस्या भनेको महिलामाथि पुरुष सत्ताको िसंगो प्रणाली! शासक सेना औद्योगिक- राजनीतिक र धार्मिक संस्थाहरु सबै पुरुषप्रधान छन् तिनीहरु समस्या हुन्। पुरुष ट्रेड यूनियन कर्मी र पुरुषको दवदवा भएको वामपार्टी सबै नै पितृसत्ताका अंग हुन् । हरेक पुरुषको आपुनो परिवारमा महिला र बालबालिका माथिको शासनद्वारा पितृसत्तात्मक प्रणालीमा वल पुर् याइएको छ ।

निष्कर्षः महिला एउटा वर्ग हो र पुरुष अर्को वर्ग ! र, रणनिित- महिलाको मात्रै अभियान तथा प्रदर्शनबाट महिला संस्कृति र स्थान बढाउन जोड दिने । – पुरुषद्वारा महिला विरुद्ध हुने िहंसा वलात्कार र अस्लिलताको विरुद्ध अभियान संचालन गरी महिला – पुरुष सम्बन्ध अन्त्य गर्न केन्द्रित हुने ।

समाजवादी महिलावाद: ‘छ्या- दरबारका महारानी कोमल र दुर्गम गाऊँकी दलित श्रमिक महिलालाई पनि कहीं एउटै वर्ग भन्न मिल्छ’ यसले उग्र महिलावादसंग यसरी असहमती जनाउंछ । महिला मुक्तिको समस्या पुरुषको हैकम र वर्गीय शोषणको अन्तरघुलन हो । त्यसैले हाम्रो लडाइ दुवै सित हुनुपर्छ ।
 
शक्ति र सम्पत्ति मुठीभर व्यक्तिको हातमा रहेसम्म र तिनीहरुको नाफाको लागि महिलाको आर्थिक र सामाजिक जीवन शासित रहेसम्म सही अर्थमा महिला मुक्ति असम्भव छ ।

जोड दिएको रणनिित: अन्य उत्पीडित समुदायसंग साजाल निर्माणमा जोड दिने । महिलावादी आन्दोलनको महत्व बुझाउन यस्ता संस्थामा रहेका प्रगतिशील पुरुषसंग स्थायी सम्वादमा संलग्न रहने । कसरी पार्टीहरु मुक्ति आन्दोलनका संगठनहरु निजी तथा पारिवारिक सम्बन्धमा लैंगीक उत्पीडन प्रतिविम्वित छ भन्ने बुझाउन प्रयत्नशील रहने । र यी सवैलाई महिलावादी आन्दोलनको पक्षपाती बनाउदै पितृसत्ता र पूँजिवाद विरुद्ध संयुक्त रुपमा लड्ने।

उदार महिलावाद: ‘यी महिलाहरु पनि अति नै गर्छन् ।’ यसरी उदारवादीहरु आपुनो असहमती जनाउंछन् ।  हाम्रो समस्या भनेको हामीमा रहेको पूर्वाग्रह हो । कुनै पनि व्यवस्थालाई सुधार्नु पर्छ उल्टाउन हुन्न ।

हामीलाई बराबर अधिकार भएको कानुन चाहिन्छ । महिलाको आत्मविश्वास बढाउन उनीहरुलाई बढी सकारात्मक भूमिका दिनु पर्छ । वास्तविक जीवनमा केही अर्थ नराख्ने घोषणा र प्रस्तावबाट समेत यिनीहरु दंगदास पर्छन् ।

रणनिित- सानो समूहमा महिला पक्षीय सुधारको लागि सरकारसंग लविङ गर्ने र नीति निर्णयकर्तालाई प्रभावित गर्न कि्रयाशील रहने ।

महिलावादी आन्दोलनको को चरण

‘… त्यसपछि त्यहाँ एउटा कालो लुगा लगाएको मानिसले भन्यो- ‘महिलालाई पुरुष सरह नै अधिकार दिन सकिन्न किनकी क्राइष्ट स्वयं महिला थिएनन् !’ त्यसो भए तिम्रो क्राइष्ट कहाँबाट आए तिम्रा क्राइष्ट कसरी जन्मिए त उसले भन्यो-’भगवान र महिला बाट।’ त्यसो भए उनको जन्ममा पुरुषको त भूमिका नै देखिएन त यदी पहिलो महिला र भगवानको एक्लो सन्तान क्राइष्ट यो विश्वलाई नै उल्टाउन सक्ने ताकतवर हुनसक्छन् भने यी महिलाहरु सबै मिलेर यो विश्वलाई सुल्टाउन पनि सक्छन् ! र अहिले यिनीहरु यसै गरौं भनि रहेका छन् उनीहरुलाई आपुनो काम गर्न िदंदा नै पुरुषको पनि हित होला !!!’

एक जना महिला आन्दोलनकारी सोजुर्नर ट्रुथ  ले सन् १८५१ मा अरकोन अहियोमा आयोजित महिला अधिवेशनमा दिएको यो भाषण अमेरिकाको काला तथा गोरा दुवै वर्णका महिला माथिको उत्पीडनको विरुद्धको अभियानमा चर्चित छ। विश्वमा महिला मुक्तिको अभियान कहले देखि शुरु भयो भन्नेमा तर्क वितर्क रहेतापनि युरोपेली जागरणको काल यस सन्दर्भमा चर्चा गरिने काल हो । १८ औ शताव्दीको मध्यमा राजा-महाराजाको ‘दैवी शक्ति’लाई चुनौति िदंएझै ूपुरुषको अधिकारू लाई चुनौति िदंदै यसको विकास भयो ।

यस क्रममा धेरै विचारक र आन्दोलनकारीहरु जन्मिए र महिला अधिकार तथा महिलावादको वारेमा बहस छेडे । ूमहिला र पुरुष एक अर्काका लागि बनेका हुन् तर तिनीहरुको पारस्परिक निर्भरता समान छैन । हामी तिनीहरु बिना बाँच्न सक्छौं भने तिनीहरु हामी बिना हामीभन्दा झन् राम्रैसँग बाच्न सक्छन् …। भन्ने प्रसिद्ध दार्शनिक रुसो देखि ‘महिलाको स्थान ओछ्यान भान्सा र चर्च हो । घरमा बस र सिपाहीं जन्माओ ।’ भन्ने नाजीवादी हिटलरको नकारात्मक टिप्पणी सम्म लाई यहाँ उल्लेख गर्न सकिन्छ ।

कालखण्डको हिसावले पनि महिलावादी आन्दोलनलाई तीन भागमा चर्चा गर्ने गरिएको छ । पहिलो छाल प्राचीन काल देखि १९५० को अन्त्य सम्म दोस्रो छाल- १९६० पछिको आन्दोलन र तेस्रो छाल हालको युवाहरुद्वारा अगाडी बढाईएको लागि लिने गरिएको छ ।

महिलावाद र माक्स्रवाद
महिला पुरुष समानताको मामिलामा माक्स्रवादी अवधारणालाई टिप्पणी गर्दै एक जना विद्वानले एउटा लेख लेखे- द अनह्यापी म्यारिज अफ मा_िक्स्रजम एण्ड फेमिनिजम माक्स्रवाद र महिलावाद बीचको असमान मेल! यसैमा टेकेर माक्स्रवाद महिला पुरुष समानताको मामिलामा अनभिज्ञ छ भन्ने टिप्पणी ‘महिलावादी’ हरुले गरे । केही ‘विद्वान’हरुले त लैगिक मामिलामा ‘माक्स्रवाद’ अन्धो छ (मा_िक्स्रजम इज जेण्डर व्लाइन्ड) समेत भने ।

तर तथ्य तथा तर्क दुबैले यस्ता भनाईको पुष्टि गर्दैनन् । लैंगीक सवालमा माक्स्रले महिलालाई पुरुष सरह नै ठानेका छन् कुनै पनि अर्थमा विद्यमान श्रम विभाजन प्रणालीको जस्तो ‘महिलालाई पुरुषको मातहत’ ठानेका छैनन् । उनले ‘परिवारको उन्मुलन’ को घोषणा गर्नुको पछाडी पूँजीवादी समाजमा उनले ूलोग्ने मालिक जस्ता स्वास्नी दासी जस्ती र लोग्ने वुर्जुवा जस्ता र स्वास्नी सर्वहारा जस्ती रहेको निष्कर्ष निकाले । माक्स्रले घोषणा गरे- ‘महान परिवर्तनहरु महिलाहरुको संलग्नता बिना असंभव छ ।’

एउटा कुरा सत्य के हो भने माक्स्रले महिलाको नीजि पक्षमा बोलेनन् ‘सार्वजनिक’ पक्षमा मात्र बोले । कार्यघण्टा घटाई महिलालाई उत्पादन प्रकि्रयामा संलग्न गर्ने प्रस्तावको पछाडी १८-२० घण्टा काम गर्ने पुरुषको कामको समय घटाई महिलालाई त्यस ठाउंमा स्थापित गरी पुरुष सरह उनीहरुलाई विकास गर्नु नै थियो । तर यसको अर्थ पुरुषहरुको बचेको समय महिलालाई घरको काममा दलेर आपुूले ‘मोज’ गर्ने भन्ने होईन बरु महिलाले गर्दै आएको घरायसी काममा सहयोग पुर् याउनु हो । अहिले कतिपय महिला माक्स्रवादीहरु यही आधारमा घरभित्रको कामलाई सामाजिकीकरण गर्ने अभियानमा छन् ।

एंगेल्सले त ‘परिवार निजी सम्पत्ति र राज्यको उत्पत्ति’ नामक ग्रन्थ नै लेखि महिला-पुरुष समानता तथा महिला उत्पीडनको विरुद्ध ऐतिहासिक घोषणा गरे । उनले भने-

‘आधुनिक व्यक्तिगत परिवारको विकाससंगै घरभित्रको व्यवस्थाले सामाजिक चरित्र गुमायो । यो निजीसेवा हुन गयो र श्रीमती पहिलो घरेलु नोकर भइन् र सामाजिक उत्पादनको कामबाट गलहत्याइन् ।’

एंगेल्सले आज भन्दा ७००० वर्ष भन्दा अगाडि देखिको समाजको विकासक्रमको व्याख्या गरे र कसरी प्राचीन कालमा युद्धरत पक्षले महिलालाई ुवस्तु सरह दुरुपयोग गरे भन्ने चर्चा गरे । एंगेल्सले लेखे-

‘मूल्यवान वस्त जमिन र सन्धिसंग महिला साट्ने विक्री गर्ने वा दुई तिरको महिला साटासाट गरियो । युद्ध सरदारबीचको गठबन्धन बलियो पार्न विहेलाई माध्यम बनाइयो । शासक वर्गको लोग्नेले आपुनी श्रीमतीलाई अरु दासी सरह पाल्यो र जीवन पर्यन्त उनको शरीरमाथि कब्जा जमायो ।’

यसरी हामी ठोकुवाका साथ भन्न सक्छौं अहँ माक्स्रवाद लैिगंक रुपमा अन्धो छैन वरु आजभोली भन्ने गरिएको ‘महिलावाद’ भन्न्दा कुनै अर्थमा पनि पछि छैन । 

महिलावाद र जनताको वहुदलीय जनवाद
मलाइ कतिपय महिला कमरेड तथा आन्दोलकारीहरुले भन्नु भयो- कमरेड के हामीले माग गरेको महिला-पुरुष समानताको विषय जनताको बहुदलीय जनवाद विपरित छ के हामी अव माक्स्रवादी नभएर ‘महिलावादी’ भयौं ?

महिला आन्दोलनकारीहरुको यो प्रश्नमा म स्वीडिस वामपार्टीको निम्न निष्कर्षलाई उल्लेख गर्न उपयुक्त ठान्छु-

  • हाम्रो लक्ष्य भनेको मानवजातिलाई हरेक प्रकारको शोषण वर्गीय र उत्पीडन लैंगिक बाट मुक्त गर्नु हो । यो लक्ष्य हासिल गर्न पूँजीवादी वर्गीय समाजको अन्त्य गरेर मात्रै पुग्दैन पितृसत्ता समेत को उन्मुलन हुनु पर्छ ।
  • ‘महिलावादी’ हुनुको अर्थ हो पितृसत्ताको अस्तित्व स्वीकार्नु । पितृसत्ता पूँजीवादी समाजको सह-उत्पादन होइन यो हरेक समाजमा स्वतन्त्र रुपले चल्दै आएको छ । ‘पुरुष- प्रधान महिला- मातहत’को मान्यतामा यसले समाजलाई तहगत बनाएको छ।  सामूहिक रुपमा महिलामाथि उत्पीडन थोपर्न पुरुषलाई अधिकार दिएको छ । प्रत्येक सामाजिक वर्गमा महिला- पुरुषको मातहत हुन पुगेका छन् ।
  • पूँजीवाद आर्थिक शोषण को विरुद्ध एक भएर लड्न श्रमजीवी पुरुष र श्रमजीवी महिलालाई एक हुनबाट पितृसत्ताले रोक्छ । पुरुष प्रधान सामाजिक सन्दर्भमा मानवीय आवश्यकता र अधिकार व्याख्या गरिनाले महिलाले गर्ने ‘उस्तै’ मागलाई पनि आपुनो विपक्षमा गरिएको पुरुषले ठानिदिन्छन्।
  • पूँजीवादले पुनरउत्पादनको माध्यमद्वारा वर्गीय समाजलाई कायम राखे झैं पितृसत्ताले पनि पुरुष प्रधान समाजलाई निरन्तर जारी राख्छ । घर-परिवार-समाज-राष्ट्रमा यही प्रकृतिको शक्ति संरचना कायम रहन जान्छ ।

त्यसैले माथि परिभाषामा उल्लेखित महिलावादको सिद्धान्तमा विश्वास गर्ने सबै महिलावादी हुन् । चाहे तिनिहरु पुरुष हुन् वा महिला । 

जनताको बहुदलीय जनवादमा महिला समानता र उत्पीडनको विरुद्ध निम्नानुसारको नीति उललेख गरिएको छ-

  1. महिलाहरुमाथि भइरहेको सबै प्रकारको शोषण उत्पीडनहरु अपहरण वेचविखन देहव्यापार तथा सामाजिक कुप्रचारको अन्त्य गर्ने
  2. पैत्रिक सम्पत्तिमा छोरा-छोरीको समान हक कायम गर्ने समान कामको समान ज्याला लागू गर्ने
  3. राष्ट्रिय र सामाजिक जीवनका सबै क्षेत्रहरुमा महिला-पुरुष बीच पूर्ण समानता कायम गर्ने
  4. राजनीतिक आर्थिक सामाजिक जीवनका हरेक क्षेत्रमा महिलाहरुको सकि्रय सहभागिता बढाउँदै लगिने
  5. महिलाहरुमा रहेको अज्ञानता पछौटेपन हटाउन विशेष कार्यक्रम चलाउने ।

हाम्रो समाजमा सबै तहमा निर्णयक शक्ति पुरुषको हातमा छ । निश्चय नै केही महिलाहरु पनि त्यत्तिकै शक्तिशाली स्थानमा छन् तर महिला एउटा समुहको रुपमा अधिकार र शक्तिबाट टाढै छन् । नयाँ नेपाललाई हामीले सहि अर्थमा ‘लोकतान्त्रिक’ नेपाल बनाउनको लागि यस्ताृ ढाँचाको शक्ति संरचना भत्किनै पर्छ ।

यस क्रममा हामी एउटा खतराबाट वच्नु जरुरी छ- ‘महिलाको लागि समान अवसर!’ केही गरी ‘समान अवसर’ भन्ने विषय ‘लैगिक रुपमा तटस्थ’ भनेर व्याख्या गरिएमा त्यो प्रत्युत्पादक बन्न पनि सक्छ। समान अवसरको अर्थ हुन्छ-महिला पुरुष दुवैमा रोजगारी वित्तिय स्वतन्त्रता परिवार र काममा समान रुपले काम गर्ने अवसर राजनीति र शक्तिमा दुवैलाई उचीत अधिकार !  कानुनी हिसावले यो व्याख्यामा खोट लगाउने ठाँउ नभेटिएला तर विद्यमान शक्ति संरचनामा रहेको ‘पुरुषको हक-स्वभाविक महिलाको- अपवाद’ नमान्ने हो भने ‘समान अवसर दिने’ राजनीति धरापमा पर्छ र त्यो केवल नारामा सििमत हुन पुग्छ। 

उदाहरणको लागि घोषणाको रुपमा वितेको १ वर्षमा नेपाली महिलाहरुले दक्षिण एशिया मानै अतुलनीय उपलव्धी हासिल गरेका छन् । तर मूख्य चुनौती त्यसलाई कसरी व्यवहारमा लागू गर्ने भन्ने ज्यूँ का त्यूँ रहेको छ ।

जबजको महिला नीति ूसामाजवादी महिलावादूले उठाएको प्रश्नसंग मिल्दो देखिन्छ । त्यसैले यसो पनि भन्न सकिन्छ हाम्रो समस्या ‘नीतिको अभाव’ नभएर ‘व्यवहारमा त्यसको कार्यान्वयन’ हो । हाम्रो महिला मुक्तिको आन्दोलन ‘पृथकतावादी’ हुनै सक्दैन । वर्गीय मुक्तिको लागि माक्स्रवादलाई हतियार मानेझैं सामाजिक उत्पीडनको विरुद्ध ‘उत्पीडितहरुको सिद्धान्त’ लाई सबै भन्दा नविन ‘हतियार’ मान्ने गरिएको छ। यो सिद्धान्त अनुरुप उत्पीडितहरु स्वतन्त्र हुन पहिले आपुनो मानसपटलबाट उत्पीडकको छाँयाँ हटाउनु जरुरी हुन्छ । यो काम ‘उत्पीडित समूह’ उत्पीडकहरुसंगै रहेर उनहिरुले कसरी अन्याय गरिरहेका छन् भन्ने बुझाउन सक्नु पर्छ । महिला उत्पीडनको सन्दर्भमा महिलालाई समूहको रुपमा उत्पीडित र पुरुषलाई समूहको रुपमा पीडक मान्ने हो भने पनि महिला मुक्तिको आन्दोलन दुवैले साथ साथ अघि बढाउनु पर्छ । त्यसैले लैंगिक समानताको पक्षपाती हरेक महिला र पुरुषले आफुलाई महिलावादीको रुपमा प्रस्तुत गर्न सक्नुपर्दछ ।  

के हुनै हुन्न? 

  • नेतृत्व- आलंकारिक;  शैली -नोकरशाही; विभाग- गहनारुपी ;
  • व्यवहार- झम्टने; ससम्वाद- प्रतिकि्रयात्मक; भाषा- दोषरोपण गर्ने;
  • सहभागिता- उपस्थिति जनाउने मात्र;  काम- वेवास्ता गर्ने;  दायित्व- पन्छाउने;
  • शसक्तिकरण- सेमिनारमा भाग लिने; सहयोग- लाद्ने
  • कार्यक्रममा उपस्थित सहभागिलाई स्त्रि िलंग र पुिलंग छुट्याउने
  • ड्डिसंगो संख्यालाई गन्ति गर्ने र ३ ले भाग गरी आएको भागफलको आधारमा बहस गर्ने
  • वक्ताको बोलिमा परम्परागत रुपमा लेगिक असचेत शव्द टिपी बहस गर्ने
  • आफरमेटिभ प्रस्तावको सट्टा दोषरोपण गर्ने भाषामा कमिटी र संयन्त्रको थाप्लोमा आपुनो उपस्थिति खोज्ने
  • सल्लाह बहस अनतरकि्रया माफृत सहपाठीहरुमा रहेको ‘पितृसत्ता’लाई पारजित गर्नुको सट्टा औपचारिक माचमा उछित्तो काटी साचो मान्ने आमाको कुरा मामालाई लगाएर समस्या हल गर्न खोज्ने

यसो गर्नका लागि हामी “४ ‘स’ को नीति” अपनाउन सक्छौं । जसलाई यसरी उल्लेख गर्न सकिन्छ-

  1. स – सिद्धान्त- पहिचान गरौं
  2. स – संगठन- बलियो बनाऔं
  3. स – संघर्ष- दृढतापूर्वक गरौं
  4. स – समानता- प्राप्त गरिछाडौं ।

केही स्पष्ट गर्नुपर्ने विषय

  1. सहभागिता के हो, यसलाई के ले राकेको छ? त्यसैगरी प्रतिनिििधत्व के हो समावेसी के हो?
  2. हाम्रो सन्दर्भमा पहुंच र नियन्त्रण भनेको के हो ?
  3. सशक्तिकरण भनेको के हो?
  4. श्रमजीवी महिलाका समस्या र आम महिला सम्बन्धि विषयमा भेद गर्नु पर्छ की पर्देन?
  5. कार्यशैली कस्तो हुनुपर्छ (वेवास्ता हैन प्रतिकार गरौं- सहने होइन प्रतिकि्रयात्मक बनौ)

(अखिल नेपाल महिला संघले ०६४ जेठ ६ गते प्रशिक्षण  कार्यक्रमा आयोजना गरेको थियो। यो लेख त्यो कार्यक्रम प्रस्तुत गरिएको यो लेख र जिफन्ट-केन्द्रीय महिला मजदुर विभागद्वारा २०६४ बैशाख २९ गते सदस्य संघका नवनिर्वाचित महिला नेताहरुलाई आयोजना गरेको नेतृत्व तालिममा दिइएको उद्घाटन-मन्तव्यमा आधारित छ ।)

One Response to महिलावाद के हो, कसरी बुभने ?

  1. dil kumari panta says:

    कमरेड हजुरको लेख पढेँ र धेरै कुरा थाहा पनि भयो । यस्तै लेखहरु अरु पनि पढ्न पाउँ । अबको खाँचो भनेको कुराको होइन व्यबहारको हो । पित्रसतात्मक समाजको असर जताततै छ या अर्को भाषामा पूँजीबाद । जबसम्म आर्थिक अबसरहरु महिलाको हातमा आउँदैन तब सम्म यही प्रकृया रहन्छ । त्यस कारण पूँजीबाद भन्दा पनि मेरो बिचारमा पित्रसतात्मक समाज महिला बिकासको प्रमुख बाधक हो । हाम्रै पार्टीको कुरा गर्ने हो भने पनि धेरै कम संगठित महिला सदस्य हुनुहुन्छ । म त के भन्छु भने हामीले जती धेरै सक्यो महिला साथीहरुलाई संगठित गर्न सक्नु पर्छ र उनीहरुलाई नेत्रित्वमा पुराउनु पनि पर्छ । अझै पनि हाम्रा पुरुष साथीहरुको मानसिकता बादलीएको छैन । मेरो सुझाव छ जस्तो कि नेपालमा ६०००० शिक्षकको आवश्यकता छ भने मात्र महिलालाई भर्ना गर्न सकिन्न ? लोकसेवा आयोगको परिक्षामा महिलाहरुको मात्र माग गर्न सकिन्न ? हाम्रा मन्त्रालय, बिभाग, जिल्लास्थित कार्यालयहरुमा gender focal point पुरुष साथी छन् यसलाई बदल्न सकिन्न ?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.