एक जनाले मस्का मारी मारी गफ लगाउन थाल्यो एमाले र उनकै बारेमा प्रसंशा ओइराउन थाल्यो । भात पसले पनि के कम उसले पनि हाँ मा हाँ मिलायो । अर्कोले पनि गुलिया कुरा शुरु गर् यो पसलेले खाना अगाडी सारी दियो । उनले के एक गास मुखमा हालेका थिए पछाडीबाट एउटा जल्लादले फलामे छडले उनको टाको फुट्ने गरी बजायो । उनी त्यहीं ढले तर कथा यहीं रोकिएन । ति अपराधीहरुले उनका खुट्टा र हातहरु ध्ारिलो हतियारले छ्याक-छ्याक काटे । ऐया आथ्थो गर्ने मौका नै कहाँ रह्यो र ?! ति आतातायी जथ्थाले उनको छाती र पेट जहाँ तहीं छुरीले घोचे । तथानाम गाली गर्दै हाम्रो महान गौरवशाली पार्टीको विरोध गर्ने तैं हैनस् भन्न समेत चुकेनन् । क्षणभर मै उनको सम्पूर्ण शरीर क्षत विक्षत पारियो मेरो पार्टीको जस्तै रातो झण्डा बोक्ने र चीनका क्रान्ती नायक माओका नाममा आपुनो जथ्थालाई चिनाउन रुचाउने नेपालमा कि्रयाशिल एउटा अतिवादी समूहका जल्लादहरुको हातबाट उनले शहदात वरण गरे ।
Posted by bishnurimal